चलचित्र ‘उपहार’को उत्कृष्ट गीत ‘हारेको छैन’ सार्वजनिक

फागुन २५ गते रिलिज हुन लागेको चलचित्र ‘उपहार’को उत्कृष्ट गीत सार्वजनिक भएको छ ।‘हारेको छैन’ बोलको गीतमा रविन भुसालको स्वर, अर्जुन पोखरेलको संगीत तथा प्रमोद ढुङ्गानाको शब्द रचना छ । बिहिबार सार्वजनिक मर्मस्पर्शी गीतमा रेखा थापा, बेनिशा हमाल र पूजा शर्मासहित मुकुन भुसाल र सुष्मा कार्की पनि अभिनय रहेको छ । सार्वजनिक गीत भिडियोमा चलचित्रका दृश्य समावेश गरिएको छ । ज्ञानेन्द्र देउजा निर्देशितचलचित्र उपहार मा रेखाको थापा , पूजा सर्मा र बेनिशा हमाल को मुख्य भूमिका रहेको छ । फिल्ममा शिशिर राणा, अंशु महर्जन, विनोद कुमार पौडेल, मञ्जु श्रेष्ठ आदिको पनि अभिनय छ । बलराम शाही ठकुरी कार्यकारी निर्माता रहेको फिल्मका निर्माता सुलभ प्रतिक र समीक्षा देउजा हुन् । फिल्ममा विष्णु कल्पित घिमिरेको छायांकन, सुलक्षण भारतीको कथा, भारतीका साथै अभिमन्यू निरवी र माधव शर्माको पटकथा तथा संवाद रहेको छ ।
Girl in a jacket
Girl in a jacket
Girl in a jacket

#buttons=(Accept !) #days=(20)

हाम्रो वेबसाइटले तपाइँको अनुभव बृद्धि गर्न कुकीहरू प्रयोग गर्दछ. Learn More
Accept !
To Top