‘एक भगवत् गीता’ गीत : ‘के तिमीलाई यो कुराको खबर छ’ रिलिज:-Celebritynewsnepal

झरना थापाले निर्देशन गरेको चलचित्र ‘एक भागवत गीता’ को दोस्रो गीत सार्वजनिक भएको छ ।‘के तिमीलाई यो कुराको खबर छ’ बोलको गीतमाा हरकुसल बस्नेत, राजाज्ञा श्रेष्ठ र सुमन गुरुङको स्वर रहेको छ । गीत बुधबार श्रीकृष्ण जन्माष्टमीको अवसरमा युट्युबमा रिलिज गरिएको हो ।
मैथिली भाषाको गीतमा चलचित्रकी मुख्य अभिनेत्री सुहाना थापा र बाल कलाकार जेविन श्रेष्ठको अभिनय रहेको छ । यसले दिदी-भाई बीचको बलियो सम्बन्ध र स्नेहलाई चित्रण गर्दछ। जनकपुरधामका जानकी मन्दिर र रेलवे स्टेशन जस्ता विभिन्न स्थानमा छायांकन गरिएको गीतलाई कविराज गहतराजले कोरियोग्राफी गरेका हुन् । फिल्ममा सुहाना र जेविन का अलावा विपिन कार्की, धीरज मगर, जाविस श्रेष्ठ, संजोग रसाइली, मुकेश झा, राम कैलाश ठाकुर, धीरज ठाकुर, सुरेन्द्र राई, गंगाकान्त झा लगायतका कलाकारको अभिनय रहेको छ । फिल्मको कन्सेप्ट सुहाना थापाले बनाएकी हुन् भने कथा झरना थापाले लेखेकी हुन् । पटकथा र संवादमा झरनासँगै सरिन पोखरेल, परीक्षेद सेन, पुरुषोत्तम मङ्घेल र कृष्णले पनि योगदान दिएका छन् भने परिक्षेद, पुरुषोत्तम र सरिनले लेखन गरेका छन् । फिल्मले यौन र लैङ्गिक अल्पसंख्यक समुदायका अनुभवहरूमा केन्द्रित छ।
Girl in a jacket
Girl in a jacket
Girl in a jacket

#buttons=(Accept !) #days=(20)

हाम्रो वेबसाइटले तपाइँको अनुभव बृद्धि गर्न कुकीहरू प्रयोग गर्दछ. Learn More
Accept !
To Top