'एक भागवत गीता' अब ‘एक भागवत र एक गीता’ मा भयो सहमति

 भदौ, काठमाडौँ । झरना थापा निर्देशित चलचित्र एक भगवत गीतालाई लिएर भइरहेको विवाद अन्ततः टुंगिएको छ । चलचित्र को नाम  परिवर्तन गर्ने सहमतिसँगै आइतवार यसको विवाद टुंगिएको हो । 





चलचित्र विकास बोर्डमा आइतवार निर्माण पक्ष र धार्मिक संस्थाका प्रतिनिधीले सहमतिपत्रमा हस्ताक्षर गरेका छन् । सहमतिअनुसार अब फिल्मको नाम ‘एक भागवत र एक गीता’ राखिने भएको छ।
आज विकास बोर्डमा भएको भनिएको सम्झौतामा निर्माण पक्ष र धार्मिक संस्थाका प्रतिनिधिहरुबीच यो नाममा सहमति भएको हो ।
ती संस्थाहरुले निर्माण पक्षको 'भगवत-गीता'  राख्ने प्रस्ताव अस्विकार गरेपछि  ‘एक भागवत र एक गीता’ नाममा सहमति जुटेको बताइन्छ ।
यो नामको मुनी निर्माताले 'सामाजिक कथा' समेत लेख्नुपर्नेछ ।

भदौ २९ गते प्रदर्शनको तयारीमा रहेको यस चलचित्रमा विपिन कार्की, सुहाना थापा र धिरज मगर लगायतका कलाकारहरु मुख्य भूमिकामा छन् । 

Girl in a jacket
Girl in a jacket
Girl in a jacket

#buttons=(Accept !) #days=(20)

हाम्रो वेबसाइटले तपाइँको अनुभव बृद्धि गर्न कुकीहरू प्रयोग गर्दछ. Learn More
Accept !
To Top