दीपकराज गिरी भन्छन्:- हामिले लुट्न लागेको हैन ! रवि लामिछानेलाई सहयोग गर्न लागेका हौं ..(पूरा खबर हेरी सक्दो सेयर गरौं)

admin

सेलिब्रेटी न्युज नेपाल/चैत्र ३
नयाँ बर्ष सँगै बैशाख १३ गते बाट ‘छक्का पन्जा २’ लाई फेरी प्रदर्शन गरिने भएको छ । दर्शक तथा फिल्म कर्मि कै अनुरोधमा चलचित्र फेरी रिलिज गर्न लागिएको निर्माता तथा कलाकार दिपक राज गिरीले बताएका छन् ।
करिब २ वर्ष अगाडी दशैमा रिलिज भएको चलचित्र ‘छक्का पन्जा २ ‘लाई दर्शकले औधी रुचाएका थिए भने यसै चलचित्रबाट दिपाश्री निरौला सफल निर्देशक बन्न पनि सफल भएकी थिइन् । चलचित्रमा दिपकराज गिरि ,बर्षा राउत ,स्वस्तिमा खड्का ,बुद्दि तामांग,केदार घिमिरे  लगायतको अभिनय रहेको छ।
चलचित्र पुन प्रदर्शनमा आउदा दर्शकले कति रुचाउने हुन्, त्यो हेर्न भने बैशाख १३ नै कुर्नु पर्ला। चलचित्र फेरि हलमा प्रदर्शन गर्ने घोषणा गरेपछि दिपकराज गिरिलाई चौतर्फी गालिको ओइरो नै लाग्यो दीपकराज गिरिले सार्वजनिक गरेको एक स्टाटसमा ९०% नकारात्मक प्रतिक्रिया देख्न सकिन्छ । धेरैले त लुट्न सके लुट दीपक भनेर कमेन्ट पनि गरेका छन् ।
दर्शकहरुको नकारात्मक टीकाटिप्पणीलाई ध्यानाकर्षण गर्दै अभिनेता दीपकराज गिरिले लेखेका छन् हामिले लुट्न लागेको हैन उक्त चलचित्र बाट आएको रकम सञ्चारकर्मी रवि लामिछानेको नेतृत्वमा बन्न लागेको सामुदायिक रास्कोटलाई हस्तान्तरण गर्नेछौं । बिदेशमा रहने दर्शकहरुको लागि पनि आइफ्लिक्स एप बाट हेर्न मिल्ने व्यवस्था गरेको बताएका छन्
नकारात्मक सकारात्मक दूबै कमेन्टको सम्मान ….. यो चलचित्रको पैसा मैले लुट्न होइन रबि लामिछानेजी ले निर्माण गर्न लागेको अस्पताल लाइ दिन लागेको हूँ .. बिदेशमा बस्ने नेपालीको लागि iflix मा हाल्दैछू … जहॉ सम्म गालिको कुरा छ मलाइ गालि संग होइन झूठो तारिफ़ संग डर लाग्छ .. सबैलाइ प्रणाम!!!
Girl in a jacket
Girl in a jacket
Girl in a jacket

#buttons=(Accept !) #days=(20)

हाम्रो वेबसाइटले तपाइँको अनुभव बृद्धि गर्न कुकीहरू प्रयोग गर्दछ. Learn More
Accept !
To Top