पिटिई मा ५०% छुट सहित बुटवल मा खुल्यो वन्स एजुकेशन

भाद्र २१ बुटवल । बुटवल मिलनचोकमा वान्स एजुकेसन कन्सल्टेन्सीको शाखा कार्यालय खुलेको छ। 
बैदेशिक अध्ययनका लागि विदेशी मुलुक विशेषगरि अस्ट्रेलिया, क्यानडा, बेलायत, अमेरिका लगायतका राष्ट्रमा जाने विद्यार्थीहरुलाई मध्यनजर  गर्दै बेलायतमा मुख्य कार्यालय रहि अस्ट्रेलिया, क्यानडा, भारत र काठमाडौ उपत्यकामा विगत १० बर्ष देखि संचालन हुँदै आएको वान्स एजुकेसन कन्सल्टेन्सीले बुटवलमा पनि बिहीबार देखि औपचारिक रुपमा कार्यालयको सुरुवात गरेको हो। 

बुटवल शाखाको बिहीवार एक समारोहका बिच प्रमुख अतिथि एवं  बुटवल उपमहानगरपालिकाकि उप-मेयर साबित्रा देवि अर्यालले उद्घाटन गर्नुभएको थियो। उद्घाटन समारोहमा शुभकामना दिदै प्रमुख अतिथि अर्यालले विद्यार्थीहरुले उच्च  शिक्षा बिदेशमा हासिल गरेता पनि आफ्नो सीप र सिकाईलाई स्वदेशमा आई प्रयोग गर्न अनुरोध गर्नु भएको थियो । कन्सल्टेन्सीका म्यानेजिङ डाइरेक्टर मेघनाथ खनालको स्वागत मन्तव्य तथा  प्रकाश पौडेलको अध्यक्षता रहेको उद्घाटन समारोहको संचालन निशाना पोख्रेलले गर्नुभएको थियो। कार्यक्रममा स्वागत मन्तव्य राख्दै म्यानेजिङ डाइरेक्टर खनालले वान्स एजुकेसन स्थापनाको औचित्यता बारे प्रष्ट पार्नुभएको थियो भने उहाले  एकपटक सेवा गर्ने अवसर दिनुहुन समेत अनुरोध गर्नुभएको थियो । यस संस्थाका एग्जुकेटिव डाईरेक्टर गोपाल खनालले यो कन्सल्टेन्सिको बुटबलमै उत्कृष्ट सेबाग्राही बन्ने प्रतिबद्धता जनाउनुभयो।
उत्साहजनक सहभागीतामा सम्पन्न भएको उद्घाटन समारोहमा वान्स एजुकेसन कन्सल्टेन्सीले पहिला भर्ना हुने १५ जनालाई आईलेट्स पिटिई मा ५०% छुट पनि दिने घोषणा यस संस्थाका डकुमेन्टेसन डाइरेक्टर अनिल भण्डारीले गर्नुभएको छ ।
Girl in a jacket
Girl in a jacket
Girl in a jacket

#buttons=(Accept !) #days=(20)

हाम्रो वेबसाइटले तपाइँको अनुभव बृद्धि गर्न कुकीहरू प्रयोग गर्दछ. Learn More
Accept !
To Top