दयाहाङ राई रिलिजको मिति नजिकिदै गएको चलचित्र ‘हात्तीछाप’लाई लिएर निकै उत्साहित

CNN। माघ २६ गतेबाट रिलिजमा आउन लागेको चलचित्र ‘हात्तीछाप’को प्रचारमा देखिएका कलाकार अभिनेता दयाहाङ राई रिलिजको मिति नजिकिदै गएको चलचित्र ‘हात्तीछाप’लाई लिएर निकै उत्साहित बनेका छन् । हालै मात्र चलचित्र ‘भुठान’मा अभिनय गरी अमेरिकाबाट फर्किएका उनले एक पत्रकार सम्मेलन मा कुराकानी गर्दै यो चलचित्र ‘दामी’ बनेको कुरा बताएका छन् ।
एक पत्रकार को किन ‘हात्तीछाप’ रोज्नुभयो भन्ने प्रश्नमा दयाले भने, “पहिलो कुरा त यो फिल्मको कथावस्तु निकै नै राम्रो छ । दोस्रो कुरा निर्देशक सिमोस सुनुवारसँग लामो समयदेखि काम गर्ने विषयमा छलफल भइरहेको थियो । पहिले पनि काम गर्ने भनेर गर्न पाइएन । यसैले, यस पटक सिमोसको निर्देशनमा काम गर्न म उत्साहित भएको हुँ ।” दयाले यो फिल्मबाट आफू सन्तुष्ट रहेको बताए, “यसको मुख्य उद्देश्य त व्यावसायिकता नै हो । तर, पनि फिल्मले समाजका विभिन्न विषयवस्तुलाई समेटेको छ । यो फिल्म दामी बनेको छ । यसैले, म उत्साहित छु ।” यस चलचित्रमा सौगात मल्ल, बेनिशा हमाल, विजय बराल, विल्सन विक्रम राई, बुद्धि तामाङ लगायतका कलाकारको पनि अभिनय छ ।
Girl in a jacket
Girl in a jacket
Girl in a jacket

#buttons=(Accept !) #days=(20)

हाम्रो वेबसाइटले तपाइँको अनुभव बृद्धि गर्न कुकीहरू प्रयोग गर्दछ. Learn More
Accept !
To Top