‘के घर के डेराः घर नम्बर २’ निर्माणको घोषणा


गतबर्ष रिलिज भएको फिल्म ‘के घर के डेरा’को सिरिज निर्माण हुने भएको छ । दीपेन्द्र के खनालको निर्देशनमा तयार हुने यो फिल्मलाई चर्चित लेखक बुद्धिसागर लेखेका छन् । फिल्मको कथा लगभग फाइनल भइसकेको निर्देशक खनालले जानकारी दिए । 


यो फिल्मको छायांकन आउँदो बर्षमा मात्र हुनेछ । यसअघि दीपेन्द्रले दुई वटा फिल्मको निर्देशन गर्ने तयारी गरेका छन् । फिल्मको प्रदर्शन मिति समेत तय गरिएको छ । ‘के घर के डेरा घर नम्बर २’लाई आउँदो बर्षको तिहारमा रिलिज गर्ने पक्का गरिएको दीपेन्द्रले जानकारी दिए । 

ए प्लस इन्टरटेन्मेन्टसँग नटराज क्रियशनले सहकार्य गर्दै यो फिल्मको निर्माण गर्न लागेको हो । 

निर्देशक खनालले भने–‘यसपटक फिल्ममा मनोरञ्जन मात्र नभएर अर्थपूर्ण सन्देश पनि हुनेछ । यसका लागि हामीले होमवर्क गरिरहेका छौँ ।’

दीपेन्द्रले अब फिल्म ‘मेयर’को निर्देशन गर्ने तयारी गरेका छन् । यसपछि, आफ्नै होम प्रोडक्शनको फिल्मको छायांकन सकेर दीपेन्द्रले फिल्म ‘के घर के डेरा घर नम्बर २’ निर्देशन गर्नेछन् । 

Girl in a jacket
Girl in a jacket
Girl in a jacket

#buttons=(Accept !) #days=(20)

हाम्रो वेबसाइटले तपाइँको अनुभव बृद्धि गर्न कुकीहरू प्रयोग गर्दछ. Learn More
Accept !
To Top