चलचित्र ‘एक भगवत् र एक गीता’ र ‘नाङ्गो गाउँ’ एकसाथ प्रदर्शन

आज शुक्रबार  चलचित्र ‘एक भगवत् र एक गीता’ र ‘नाङ्गो गाउँ’ एकसाथ प्रदर्शन भएका छन् ।




 

दीपेन्द्र लामाद्वारा निर्देशित ‘नाङ्गो गाउँ’मा दयाहाङ राई, मिरुना मगर, शिशिर वाङ्देल, साम्राज्ञी आरएल शाह, कार्म, वुद्दि तामाङ, रविन्द्र झा, विशाल पहारी, कमलमणि नेपाल, अंकित खड्कालगायतको अभिनय छ । दयाहाङ र मिरुनाको जोडीलाई यो फिल्मबाट हिटमा ह्याट्रिक गर्ने मौका छन् । यसअघि उनीहरु अभिनीत दुईटा फिल्म ‘कबड्डी ४’ र ‘जारी’ ब्लकबस्टर भएका थिए ।

त्यस्तै, झरना थापा निर्देशित ‘एक भागवत र एक गीता’ले यौनिक अल्पसङ्ख्यक समुदायको कथालाई उठान गरेको छ । फिल्ममा विपिन कार्की ट्रान्सजेन्डरको भूमिकामा रहेका छन् । फिल्म चल्ने आधार नै उनलाई मानिएको छ । सुनील कुमार थापाको निर्माण रहेको फिल्ममा सुहाना थापा, धीरज मगर, अनुराग कुँवर, कबीर खड्का, जेभिस श्रेष्ठ, जेभिन श्रेष्ठ, संजोग रसाइलीको पनि अभिनय छ ।

Girl in a jacket
Girl in a jacket
Girl in a jacket

#buttons=(Accept !) #days=(20)

हाम्रो वेबसाइटले तपाइँको अनुभव बृद्धि गर्न कुकीहरू प्रयोग गर्दछ. Learn More
Accept !
To Top