‘डिग्री माइला’मा दयाहाङको जोडी आँचल:-celebritynewsnepal

सेलिब्रेटी न्युज नेपाल रामबाबु गुरुङले निर्देशन गरेको चलचित्र ‘डिग्री माइलाः "आइ एमए थर्ड क्लास’ मा अभिनेता दयाहाङ राई र अभिनेत्री आँचल शर्मा एकसाथ देखिने भएका छन् ।पहिले म्युजिक भिडियोमा सँगै काम गरेका अभिनेता दयाहाङ राई र अभिनेत्री आँचल शर्मा बासुरी फिल्म्सले निर्माण गरेको चलचित्रमा संगै देखिने भएका छन्,। निर्माण टिम र आँचलबीच आइतबार लिखित सम्झौता भएको हो ।
अभिनेता दयाहाङ राई र अभिनेत्री आँचल शर्मा ले ‘डिग्री माइला’ लगायत ‘पञ्चामृत’ र ‘व्हाइट हाउस’का लागि पनि साइन गरेका छन् । तीनवटै चलचित्रको सुटिङ यसै वर्ष हुनेछ, जसमा डिग्री माइला’को पहिलो सेड्युलको छायांकन आगामी असोज पहिलो हप्ता र दोस्रो सेड्युल मंसिरमा राखिएको छ ।फिल्मको रिलिज नया वर्ष २०८१ मा गर्ने निर्माण टिम को योजना छ योजना छ । चलचित्र २०७१ मा मण्डला थिएटरमा तीन पटक मञ्चन भएको दयाहाङ राई निर्देशित ‘डिग्री माइला’ नाटकमा आधारित हुनेछ ।यस नाटकले जस्तै युवाको शैक्षिक बेरोजगारीको विषयमा केन्द्रित हुनेछ । चलचित्रमा हास्य कथा रहनेछ । चलचित्रमा माओत्से गुरुङ, पुष्कर गुरुङ, विजय बराल, बुद्धि तामाङ, प्रकाश घिमिरे, दयाहाङ र आँचलको अभिनय रहेको छ ।
Girl in a jacket
Girl in a jacket
Girl in a jacket

#buttons=(Accept !) #days=(20)

हाम्रो वेबसाइटले तपाइँको अनुभव बृद्धि गर्न कुकीहरू प्रयोग गर्दछ. Learn More
Accept !
To Top