कृषा चौलागाई अन्य व्यक्तिहरूको पाइला पछ्याउँछिन् जसले एक विशेष प्रकारको चलचित्र सिर्जना गर्न फिल्म निर्माणबाट निर्देशनमा परिवर्तन भएकी हुन् । यद्यपि, इतिहासले प्रमाणित गरेको छ कि सफलता हासिल गर्नका लागि उद्योग व्यवसायीहरूबाट मात्र मद्दत खोज्नु पर्याप्त छैन।
आफ्नो चाहनाभन्दा पनि तार्किक तर्कमा आधारित चलचित्र "ऐंचो पैंचो" निर्देशन गर्ने निर्णय गरेकाले कृषा अरूभन्दा फरक छिन ।
नेपाली चलचित्र उद्योगमा अहिले एक प्रतिभाशाली महिला निर्देशक को जन्म भएको छ जसले भविष्यमा स्थापित पुरुष निर्देशकहरूलाई टक्कर दिन सक्ने क्षमता राख्ने मा दर्शक हरु बिस्वस्त छन् ।
चलचित्र ऐंचो पैंचो ले हाँसो, भावना, विस्मय, मनोरञ्जन र दुःखका तत्वहरू समेटेको चलचित्र हो ।फिल्मले मुख्यतया राजनीतिको अन्वेषण गर्छ, तर यसले रोमान्सका पक्षहरू पनि समावेश गरेको छ ।
चलचित्रमा वर्षा राउत र सुशील सिटौलाको प्रतिभालाई चिनेर उपयोग गर्न सक्ने कृषाको क्षमता प्रस्टै देखिएको छ । चलचित्रको पृष्ठभूमि संगीत र निर्देशकको प्रभावकारी कार्यान्वयनले जो कोहि दर्शक पनि मोहित हुन सक्छन ।
चलचित्रले राजनीतिज्ञ सुशील सिटौला, कोसिस क्षेत्री र मुकुन भुसालका साथै दिदीबहिनी स्वस्तिमा र वर्षासँगको अन्तरक्रिया, सम्बन्ध र द्वन्द्वलाई केन्द्रमा राखेको छ।चलचित्रले राजनीतिक परिवर्तनको वकालत गर्ने युवा व्यक्तिहरूले भोगेका कठिनाइहरूलाई देखाउँछ र यसै बिसयमा चलचित्र घुमेको छ ।
कथाले मुकुन भुसाल को पात्र , (दिलीन्द्र शर्मा )लाइ एक जवान मानिसको रूपमा चित्रण गरिएको छ जसले आफ्नो शिक्षा समाप्त गरी डिग्री प्राप्त गरेको छ। सुशील सिटौलाले निभाएका सीताराम नामको अर्को पात्र पनि कम पढेको भूमिकामा प्रस्तुत प्रस्तुत छ । कथा उनीहरूको दैनिक जीवनको वरिपरि घुम्छ, जसमा मुख्यतया भट्टी पसल राजनीति र चुनावी वातावरणमा संलग्न हुने देखाउछ ।
पुष्पा (वर्षा ) र रुपा (स्वस्थिमा ) आफ्ना आमाबुवा गुमाएपछि भिनाजुको घरमा बस्छन । उनीहरूलाई विद्यार्थी र टिकटकर दुवैको रूपमा चित्रण गरिएको छ।
चलचित्रमा प्रभावशाली व्यक्ति र राजनीतिज्ञहरूका अगाडि सकारात्मक छवि कायम राख्दै समर्थकको रूपमा प्रस्तुत तर व्यक्तिगत लाभका लागि वन विनाश गर्ने पात्र कोसिस क्षेत्रीको अभिनय ले देखाउछ । कोसिसले आफ्नो अभिनय करियरमा आफूलाई समर्पित गरेका छन् । राजाराम पौडेलको भने भिनाजु को क्यारेक्टर मा छन् उनि सदाबहार अभिनय मा देखिन्छन येस्तै स्वस्तिमा र मुकुन को भने अभिनय अन्य फिल्म को तुलना मा अलि फितलो देखिन्छ ।
यता वर्षा, स्वस्तिमाकी दिदि को रूपमा चिनिन्छ, दिदि को भूमिका मा फिट नहुने वर्षा लाइ निर्देशकले उनको सामान्य जीवन्त र आकर्षक चित्रणको बावजुद गम्भीर चरित्रमा उनीबाट उल्लेखनीय प्रदर्शन ल्याउन सफल भएकि छन्।
सुशीलको अभिनय कौशल असाधारण छ किनकि उसले आफ्नो प्रेमीको पीडालाई विश्वस्त रूपमा चित्रण गर्दछ, आफ्नो प्रेमिका आफ्नै साथीसँग विवाह गर्न राजीभएपछी को सिन र , आफ्नो गृहनगर छोडेर विदेश जादाँ को अभिनय ले उनलाई एक अब्बल नायक साबित गर्दछ ।
फिल्मको सुरुआत र अन्त्य दर्शकले मन पराएको छ । संगीतमा कोरियोग्राफी, विशेष गरी 'काले केटा ले' गीतमा, राम्रोसँग गरिएको छ र यसले फिल्मको समग्र प्रभावलाई थप्छ। तर, निर्देशकले गीतलाई प्रभावकारी ढंगले कथामा समावेश गर्न नसक्दा गित फितलो बनेको छ ।
यसबाहेक, फिल्ममा अन्य कमजोरीहरू छन्। राजनीतिज्ञहरू चलखेल गर्छन् र मतदाताहरू सजिलैसँग हेरफेर हुन्छन् भन्ने चलचित्रमा चित्रण गरिएको पुरानो विचारबाट पनि निर्देसक प्रभावित भएको देखिन्छिन्।
यता बिदेस बाट स्वदेशमा ल्याइएका मृतक व्यक्तिको आँखामा हलचल भएको प्रष्ट देखिएको छ ।
चलचित्रमा बुद्धी तामाङको सानो भूमिका छ । फिल्ममा उनको उपस्थिति वा अनुपस्थितिले कथालाई असर गर्दैन।यद्दपी चर्चित कलाकार को नाम ले मात्रै फिल्म चल्छ भन्ने मानसिकता मा निर्देशक चुकेकी छिन ,
ओवर अल फिल्म पारिबारिक रुपमा हेर्न लायक छ , एसले बक्स अफिस मा कस्तो स्थान जमाउन सक्छ हेर्न बाकि नै छ ,आगामी फिल्म अझ राम्रो बनोस निर्देशक कृषा लाइ हाम्रो पनि शुभकामना ,,