सुरु भयो दयाहाङ र मिरुनाको ‘रंगेली’को छायांकन फिल्म फागुन २५ मा आउने

  कलाकार दयाहाङ राई र मिरुना मगर अभिनित  चलचित्र  ‘नांगो गाउँ’ शुक्रबारदेखि देशव्यापी प्रदर्शनमा आउँदैछ भने मंगलबार बाट अर्को फिल्म ‘रंगेली’को छायांकन सुरु भएको छ ।

मिरुनाले बुधबारदेखि छायांकन सेट मा जानेछिं भने ‘गाउँ आएको बाटो’ प्रिमियरका लागि टोरन्टो पुगेका दयाहाङ चाहिं केही दिनपछि सेटमा पुग्ने जनाइएको छ । निर्माताले मुहूर्तको तस्वीर सेयर गर्दै छायांकन सुरु भएको जानकारी दिएका हुन्  ।


प्लानेट थ्री फिल्म्स एण्ड प्याराडाइज पिक्चर्सको ब्यानरमा निर्माण गर्न लागिएको चलचित्र ‘रंगेली’  मा  अर्पण थापा, प्रवीण खतिवडा लगायतका कलाकारको पनि मुख्य भूमिका छ । अर्जुन सुवेदीको निर्देशन रहने यो फिल्म ग्याङस्टर कथावस्तुमा बन्न लागेको हो  । सुसन प्रजापतिले फिल्म छायांकन गर्दैछन् ।फिल्मको प्रदर्शन फागुन २५ गते हुने निर्माताले जनाएका छन् 

Girl in a jacket
Girl in a jacket
Girl in a jacket

#buttons=(Accept !) #days=(20)

हाम्रो वेबसाइटले तपाइँको अनुभव बृद्धि गर्न कुकीहरू प्रयोग गर्दछ. Learn More
Accept !
To Top