परदेशी २’ र ‘पशुपति प्रसाद २’ एक हप्ता अन्तरालमा रिलिज हुने

 चलचित्र ‘परदेशी २’ र ‘पशुपति प्रसाद २ : भाषमे डन’ चलचित्रलाई दशैंको अवसरमा एकै दिन रिलिज गर्ने योजना बनाएको टोलीले सुरुमा दशैंको अवसर पारेको थियो । तर, उनीहरुले अब एक साताभित्र विभिन्न मितिमा फिल्म रिलिज गर्ने निर्णय गरेका छन् । घटस्थापनाको दुई दिन अगाडि असोज २६ मा ‘परदेशी २’ प्रदर्शन हुँदैछ भने ‘भष्मे डन’ कात्तिक ४ अर्थात् फूलपातीमा रिलिज हुँदैछ ।



दुवै चलचित्रका निर्माताले संयुक्त विज्ञप्ति जारी गर्दै आ–आफ्ना चलचित्र फरक मितिमा प्रदर्शन गर्ने सहमति भएको घोषणा गरेका हुन् । उनीहरुले नेपाली चलचित्र क्षेत्रमा विगतका द्वन्द्वबाट पाठ सिक्दै एकअर्कासँग प्रतिस्पर्धा गर्नुको सट्टा एकजुट हुनुपर्नेमा जोड दिए ।


नारायण रायमाझीले निर्देशन गरेको ‘परदेशी २’ मा प्रकाश सपुत, केकी अधिकारी, वर्षा शिवाकोटी, दिलीप रायमाझी, प्रशान्त तामाङ, नीर शाह, रमा थपलिया, सुशील पोखरेल, सविन बाँस्तोला, भीमा मैनाली, देवेन्द्र बब्लु, रोशनी लगायतका कलाकारको अभिनय रहेको छ । यो चलचित्रबाट गायक सपुतको अभिनयमा डेब्यु भएको हो र राजेश बन्सलले निर्माण गरेका हुन् ।

Girl in a jacket
Girl in a jacket
Girl in a jacket

#buttons=(Accept !) #days=(20)

हाम्रो वेबसाइटले तपाइँको अनुभव बृद्धि गर्न कुकीहरू प्रयोग गर्दछ. Learn More
Accept !
To Top