चलचित्र ‘गणपति’ को गीत उनभित्र गुण फुल्ने ठाउँ कहाँ होला’ रिलिज

काठमाडौं,CNN।चलचित्र ‘गणपति’ को स्याड गीत ‘उनभित्र गुण फुल्ने ठाउँ कहाँ होला’ सोमबार ओएसआर डिजिटलमार्फत दर्शकमाझ सार्वजनीक भएको छ । केही दिन अघि सार्वजनीक फिल्मको ट्रेलरमा गीतको छोटो टुक्रा समाबेश थियो ।
त्यसबाट नै यो गीत दर्शकको प्रतिक्षामा पर्न गएको हो ।बाबुल गिरीको स्वर र संगीत अनि शंकर अधिकारी ‘घायल’ को शब्द समाबेश गीतमा करीब सवा एक लाख टिकटक बनिसकेका छन। दर्शकले पूरा गीतको माग गरेकाले लिरिकल रुपमा ‘उनभित्र गुण’ सार्वजनीक गरिएको जानकारी निर्देशक सविन अधिकारीले दिएका छन् ।स्वदेशसहित एकसाथ बिश्व बजारमा एकसाथ भदौ १४ गतेबाट प्रदर्शन हुन लागेको फिल्मको प्रस्तुतकर्ता रामप्रसाद रिजाल र निर्माता लक्ष्मण रिजाल हुन् । सेभेन सिज इन्टरटेन्मेन्टले ले ओभरसिज, एफडि र श्रीराम बालाजी फिल्मस्ले नेपाल भरका हलमा बितरण गर्न लागेको फिल्म मिडिल इस्ट,न्युजील्याण्ड र अष्ट्रेलियाका हलमा भने १५ सेप्टेम्बरमा प्रदर्शन हुने पक्का भएको छ । थप पढ्न तल क्लिक गर्नुहोस् । click
Girl in a jacket
Girl in a jacket
Girl in a jacket

#buttons=(Accept !) #days=(20)

हाम्रो वेबसाइटले तपाइँको अनुभव बृद्धि गर्न कुकीहरू प्रयोग गर्दछ. Learn More
Accept !
To Top