यो सातादेखि दुई नेपाली चलचित्र ‘जय हो’ र ‘महानगर’ एकैसाथ प्रदर्शन

यो सातादेखि दुई नेपाली चलचित्र ‘जय हो’ र ‘महानगर’ एकैसाथ देशभरका हलमा प्रदर्शनमा आएका छन् । टेक पौर्खी राई निर्देशित फिल्म ‘जय हो’ को बुधबार प्रिमियर भएको छ । कलाकार र पत्रकारहरूले सकारात्मक प्रतिक्रिया दिए, विशेष गरी फिल्मको क्लाइमेक्सको प्रशंसा। विभिन्न महोत्सवमा प्रशंसा बटुलेको मोहन राई निर्देशित अर्को चलचित्र ‘महानगर’ शुक्रबार साँझ विशेष प्रदर्शनमा आउने भएको छ ।
चलचित्र ‘जय हो’मा केकी अधिकारी, सलोन बस्नेत, माओत्से गुरुङ, निशा अधिकारी, अर्पण थापा, सुमिन गुरुङ, सुशान्त श्रेष्ठ, प्रेम पाण्डे, कुमार थिङ लगायतका कलाकारको अभिनय रहेको छ । चलचित्र ‘महानगर’मा कर्म र मेनुका प्रधानको मुख्य भूमिका छ भने अनुज पाण्डे, शोिता अधिकारी, जीवन बराल, परिक्षितविक्रम राणा, चन्द्र पाण्डे, राज पौडेल लगायतका कलाकारको अभिनय रहेको छ ।
Girl in a jacket
Girl in a jacket
Girl in a jacket

#buttons=(Accept !) #days=(20)

हाम्रो वेबसाइटले तपाइँको अनुभव बृद्धि गर्न कुकीहरू प्रयोग गर्दछ. Learn More
Accept !
To Top