सारुकको अन्तिम फिल्म ‘ह्यासट्याग माया’लाई म्युजिक भिडियोको रुपमा रिलिज गरिने

दिवंगत नायक सारुक ताम्राकारको अभिनय रहेको चलचित्र ‘ह्याष्ट्याग माया’का दृश्यहरु प्रयोग गरी म्युजिक भिडियो निर्माण गरिने भएको छ । ‘ट्रिब्युट टु सारुक’ शीर्षकको भिडियोमा अभिनेत्री नम्रता श्रेष्ठसँगको कुनै पनि दृष्य समावेश नगरि सारुक र अर्की अभिनेत्रीसँगको दृश्य मात्र समावेश हुनेछ ।
अभिनेता ताम्राकारलाई श्रद्धाञ्जली स्वरुप निर्माण गरिएको सामग्री बिहीबार हुने कार्यक्रम मार्फत सार्वजनिक गरिने निर्माता तथा निर्देशक राजीव गुरुङले जानकारी दिए । सिमित रुपमा भए पनि यस चलचित्रमा अभिनेता ताम्राकारको समर्पणलाई उनका फ्यानहरु माझ प्रस्तुत गर्दै आएको निर्देशकले बताए । तिनीहरूले उनको उपस्थिति मात्र होइन पर्दा पछाडिको प्रयासलाई पनि हाइलाइट गरेका छन्। अभिनेता ताम्राकारको अभिनय रहेको दृश्य चलचित्रका लागि छनोट गरिएको गीतसँग सम्बन्धित रहेको निर्देशकले बताए । अभिनेता ताम्राकारले बर्दियाको छायांकन सकिएर काठमाडौंमै रहँदा ताम्राकारले असार २१ गते आत्महत्या गरेका थिए ।
Girl in a jacket
Girl in a jacket
Girl in a jacket

#buttons=(Accept !) #days=(20)

हाम्रो वेबसाइटले तपाइँको अनुभव बृद्धि गर्न कुकीहरू प्रयोग गर्दछ. Learn More
Accept !
To Top