'भष्मे डन'को पोस्टर सार्वजनिक चलचित्र आगामी दशैंको अवसरमा रिलिज हुने

Celebrity news nepal/चलचित्र कोषले चलचित्र पशुपति प्रसादको चर्चित पात्रमा आधारित चलचित्र ‘भष्मे डन’ को पोस्टर सार्वजनिक गरेको छ । निर्माण टोलीले दुई पोस्टर अनावरण गरेको छ, एउटामा विपिनको एकल उपस्थिति र अर्कोमा चलचित्रका सबै पात्रहरू प्रदर्शन गरिएको छ। चलचित्र आगामी दशैंको अवसरमा रिलिज हुने बताइएको छ ।
सार्वजनिक पोस्टरमा विपिन कार्की, सौगात मल्ल, स्वस्तिमा खड्का, माओत्से गुरुङ, रविन्द्र सिंह बानियाँ, प्रकाश घिमिरे, लोकेन्द्र उख्तर, साजन थापा मगर, प्रकाश दाहाल, विभु पौडेल लगायतका कलाकारहरुको अभिनय रहेको छ । चलचित्रमा यी पात्रलाई समावेश गर्दा दर्शकको चासो बढ्ने अपेक्षा गरिएको छ । आठ वर्षअघिको फिल्म ‘भष्मे डन’ भन्दा पनि ‘पशुपतिप्रसाद’ फिल्म बढी चर्चामा र सफल भयो । खगेन्द्र लामिछानेले लेखन तथा निर्माण गरेको यो चलचित्रलाई दिपेन्द्र के खनालले निर्देशन गरेका हुन् । सोही जोडीले चलचित्रको लेखन र निर्देशन पनि गरेका छन् । चलचित्रमा नीरज कँडेलले डीओपी, बनिश शाहले सम्पादन, कृष्ण भारद्वाज र किरण भुसालले संगीत, प्रवीण सिंहले नृत्य निर्देशन र शंकर पाण्डेले निर्माण डिजाइन रहेको छ ।
Girl in a jacket
Girl in a jacket
Girl in a jacket

#buttons=(Accept !) #days=(20)

हाम्रो वेबसाइटले तपाइँको अनुभव बृद्धि गर्न कुकीहरू प्रयोग गर्दछ. Learn More
Accept !
To Top