‘एक भगवत् गीता’का तीन पोस्टर

Celebritynewsnepal/झरना थापा निर्देशित चलचित्र ‘एक भागवत गीता’ को तीनवटा पोस्टर सार्वजनिक भएको छ । एउटा पोस्टरमा मुख्य नायक विपिन कार्की कमलामाईको भूमिकामा देखिएका छन् भने अर्को पोस्टरमा अभिनेत्री सुहाना थापासँगै अन्य दुई कलाकारको अभिनय रहेको छ ।
एउटा पोस्टरमा सुहाना र धिरज मगरलाई देखाइएको छ भने अर्को पोस्टरमा सुहाना बाल कलाकारसँगै देखिएका छन् । चलचित्र भदौ २९ गतेबाट हलमा रिलिज हुने बताइएको छ ।
यो चलचित्रलाई झरना थापा, सरिन पोखरेल, परिच्छेद सेन, पुरुषोत्तम ढुंगेल र कृष्णले लेखेका हुन् ।हर्कुलस बस्नेत, आशिष अविरल र प्रवेश मल्लिकको संगीत रहेको छ । डिओपी राजेश श्रेष्ठ, सम्पादक मित्र डि. गुरुङ्, एक्शन हिमाल केसी, कोरियोग्राफी कबिराज गहतराज, साउण्ड उत्तम न्यौपाने, कलर राजेन्द्र मोक्तान, ब्याकग्राउण्ड स्कोर शैलेश श्रेष्ठ, भिएफएक्स अनुपम गौतमको रहेको छ ।
Girl in a jacket
Girl in a jacket
Girl in a jacket

#buttons=(Accept !) #days=(20)

हाम्रो वेबसाइटले तपाइँको अनुभव बृद्धि गर्न कुकीहरू प्रयोग गर्दछ. Learn More
Accept !
To Top