चलचित्र ‘रङ्गेली’ अब ‘रङ्गेली ग्याङ्स्टर्स’ महाशिवरात्रिको अवसरमा रिलिज हुने ।

नेपाली चलचित्र ‘रङ्गेली ग्याङ्स्टर्स’ को नाम बदलेर ‘रङ्गेली’ राखिएको निर्माण टोलीले जनाएको छ ।
समाजमा सकारात्मक र सम्मानजनक वातावरणलाई प्रवर्द्धन गर्ने उद्देश्यले चलचित्रको शीर्षक परिवर्तन गरिएको हो । मोरङ जिल्लाको रंगेलीका सामुदायिक अग्रज र स्थानीय तहको परिमार्जनको लागि आग्रहलाई सम्मान गर्दै शीर्षक परिमार्जन गरिएको हो । उक्त निर्णय भएको हो । चलचित्रको स्क्रिप्ट भने यथावत राखिएको छ । चलचित्र ‘रङ्गेली’ फागुन २५, २०८० महाशिवरात्रिमा रिलिज हुँदैछ । चलचित्रमा दयाहाङ राई, मिरुना मगर, अर्पण थापा, प्रवीण खतिवडा लगायतका कलाकारको मुख्य भूमिका रहनेछ । छायांकन भदौ २० गतेबाट सुरु हुनेछ । अर्जुन सुवेदीको लेखन तथा निर्देशन रहेको चलचित्रमा जितेन्द्र खतिवडा र अनुजजंग थापा कार्यकारी निर्माता रहेका छन् । संसार चौलागाई र रमेश भट्टराई बशिष्ठ निर्माता तथा युवक कार्की र शिव थपलिया सहनिर्माता हुन् । विवेक खड्का 9Yolo0 का सहयोगी निर्माता हुन्। चलचित्रलाई सुशन प्रजापतिले छायांकन गर्दैछन् ।
Girl in a jacket
Girl in a jacket
Girl in a jacket

#buttons=(Accept !) #days=(20)

हाम्रो वेबसाइटले तपाइँको अनुभव बृद्धि गर्न कुकीहरू प्रयोग गर्दछ. Learn More
Accept !
To Top