सन्दिप लाई अमेरिकन भिसा दिन अस्वीकार

admin
celebrity news /13-august
स्टार नेपाली क्रिकेटर सन्दिप लामिछानेलाई अमेरिकी राजदूतावासले भिसा दिन अस्विकार गरेको छ। सन्दिपले ४ सेप्टेम्बर देखि  क्यारेबियन प्रिमियर लिग खेल्नको लागि भिसा आवेदन दिएका थिए जसलाई दुतावासले अस्विकार गरेको सन्दिपले आफ्नो ट्वीटर मार्फत बताएका छन्।
“म आज क्यारेबियन प्रिमियर लिग २०१९ को लागि अमेरिकाको भिसाको लागि गएको थिए। राष्ट्रिय क्रिकेटरको रुपमा देशको प्रतिनिधित्व गर्दै म २०१६ देखि विश्वभर खेलीरहेको छु। म आस्चर्यचकित छु कि मेरो भिसा रिजेक्ट गरिएको छ।” सन्दिपले प्रधानमन्त्री तथा अमेरिकी दुतावासलाई मेन्सन गर्दै ट्वीट गरेका छन्।
Sandeep Lamichhane
✔@IamSandeep25
Today I visited @USEmbassyNepal to get the visa of USA for the upcoming @CPL 2019 tournament. Being a National Cricket Player representing my country in the various leagues since 2016 around the world, i got big surprise to see my visa got rejected. @PM_Nepal @USAmbNepal
यस्तै अर्को ट्वीटमा सन्दिपले आफु स्तब्ध भएको लेखेका छन् – “सबै डकुमेन्ट पुरा गरेपछि पछि पनि यस्तो हुँदा म स्तब्ध र आस्चर्यचकित भएको छु र म मुस्कुराईरहेको थिए। मलाई अब क्यारेबियन प्रिमियर लिगमा सहभागी हुन् मुस्किल हुनेछ” सन्दिपले लेखेका छन्।
२०१६ अन्डर-१९ विश्वकप देखि नेपाली टिमको लागि खेलीरहेका सन्दिपले नेपालको लागि र बिभिन्न क्रिकेट लिग खेल्न अस्ट्रेलिया, वेस्टइन्डिज, बेलायत, नेदरल्याण्ड,  हंगकंग, क्यानडा,  पाकिस्तान, युएई जस्ता धेरै देशहरु घुमीसकेका छन्। यो क्रममा सन्दिपले आईपीएल, बिग ब्यास, क्यारेबियन प्रिमियर लिग, बंगलादेश प्रिमियर लिग, पाकिस्तान सुपर लिग जस्ता प्रतियोगिता खेलीसकेका छन्।
यसै साता क्यानडामा सम्पन्न ग्लोबल टि-२० मा टोरोन्टो नेसनल्सको लागि खेलेर फर्किएका सन्दिपले क्यारेबियन लिगमा बार्बाडोस ट्रिडेन्टसबाट खेल्दै छन्। सन्दिपको टिममा जेसन होल्डर, वाहब रियाज, शाइ होप, एलेक्स हेल्स जस्ता क्रिकेटरहरु रहेका छन्। बार्बाडोसको पहिलो खेल ८ सेप्टेम्बरमा गुएना एमाजोन वारियर्स बिरुद्ध रहेको छ
Girl in a jacket
Girl in a jacket
Girl in a jacket

#buttons=(Accept !) #days=(20)

हाम्रो वेबसाइटले तपाइँको अनुभव बृद्धि गर्न कुकीहरू प्रयोग गर्दछ. Learn More
Accept !
To Top