अब शरदसँग इन्दिरा क्यामेराको अगाडि निर्धक्क देखिन थालिन


 गायिका इन्दिरा जोशीले केही दिन अगाडि आफ्नो प्रेमी सार्वजनिक गरिन् । उनका प्रेमी शरद केडियाले उनलाई हेलिकप्टर चार्टर गरेरै बिहेको प्रस्ताब राखे । इन्दिराले पनि सहर्ष शरदको प्रस्ताव स्विकार गरिन् ।


उसो त, इन्दिराले केही समय अगाडि नै आफू प्रेममा रहेको सार्वजनिक गरेकी थिइन् । ३ बर्ष अगाडिको भेटघाटलाई इन्दिरा र शरदले प्रेममा बदलेका हुन् । उनीहरुले बिहेको तयारी नभएपनि इन्गेजमेन्टका लागि भने कुराकानी भैरहेको बताएका छन् ।


प्रेमी सार्वजनिक नगर्दासम्म इन्दिरा शरदसँग सार्वजनिक कार्यक्रममा कम पुग्ने गर्थिन् । पुगी हालेपनि उनी र शरद क्यामेराको अगाडि खुल्दैनथे । तर, शरदको बिहे प्रस्ताव स्विकार गरेपछि भने इन्दिरा अब प्रेमको यात्रामा निष्फिक्री रुपमा घुम्ने मुडमा छिन् ।


Girl in a jacket
Girl in a jacket
Girl in a jacket

#buttons=(Accept !) #days=(20)

हाम्रो वेबसाइटले तपाइँको अनुभव बृद्धि गर्न कुकीहरू प्रयोग गर्दछ. Learn More
Accept !
To Top