दिलिप रायमाझी कि छोरी फिल्म नखेल्दै चर्को चर्चा मा

admin
CNews/१३-श्रावण २०७६,सोमबार
दर्पणछायाका चकलेटी हिरो दिलिप रायमाझीको छोरी दिव्या रायमाझीले फिल्म खेल्ने समाचारले फिल्मी छेत्र केही समय तत्तायो । शिवहरि पौडेलको निर्देशनमा बन्न लागेको फिल्म ‘लक्का जवान’ मा दिव्याले डेब्यु गर्ने चर्चा केहि समय चल्यो तर अहिले सम्म न दिव्या नेपाल नै आईन न त फिल्म खेल्ने कुराको चुरो कुरो बाहिर नै आयो ।
बरु फिल्मको शुटिङ्ग युनिट फ्लोरमा जान तयार भैसके तर दिव्याले फिल्म बाट डेब्यु गर्ने नगर्ने कुरा अहिले सम्म प्रष्ट भएको छैन । तर लक्का जवानमा डेब्यु गरे नगरे पनि दिव्याले फिल्म चाहि खेल्ने कुरा सत्य हो तर कहिले भन्ने कुरा चाहि दिलिपले अहिले सम्म खुलाएका छैनन् ।
लक्का जवानमा शिवहरि पौडेलले दिव्या लाई खेलाउन रहर गरेका तर समय र परिस्थिति सहज नभएका कारण अहिले यो सम्भव नभएको कुरा निर्माता किरण केसीले खुलाएका छन् । दिव्या लाइ पनि फिल्म खेल्ने रहर भएको र बुवा दिलिप रायमाझी लाइ पनि आफ्नै फिल्म बाट डेब्यु गराउने रहर भएका कारण लक्का जवान फिल्म उपयुक्त हुदा दिव्याले डेब्यु गर्ने चर्चा चुलिएको हो ।
तर दिव्याको समय र फिल्म लाइ फ्लोरमा लानुपर्ने परिस्थितिले गर्दा अहिले यो सम्भव नहुने कुरा बाहिरिएको छ । दिलिप रायमाझी आफैले निर्माण गर्न लागेको फिल्म लक्का जवानमा दिव्याले खेल्ने भनिएको रोलको लागि अरु नायिकाको खोजि भैरहेको बुझिएको छ ।
दिलिप रायमाझीले मिस यु फिल्म बनाएका थिए भने अहिले अमेरिका बसोबास गरिरहेका दिलिपले फेरी फिल्म निर्माणमा हात बढाएका छन् । किरण केसी, शिवहरि पौडेल संग मिलेर दिलिप रायमाझीले लक्का जवान फिल्म बनाउन लागेका हुन् ।
आफ्नै फिल्म बाट दिलिपले छोरी लाई डेब्यु गराउन लागेका हुन् तर सायद दिव्याको समय नमिलेर होला अहिले सम्म दिव्याको चालचुल देखिएको छैन । तर पनि उनले फेसबुकमा पोष्ट गर्ने फोटोहरु भने भाईरल बनिरहेका छन् र फिल्मी छेत्रमा पनि उनको चर्चा चुलिदो छ ।
Girl in a jacket
Girl in a jacket
Girl in a jacket

#buttons=(Accept !) #days=(20)

हाम्रो वेबसाइटले तपाइँको अनुभव बृद्धि गर्न कुकीहरू प्रयोग गर्दछ. Learn More
Accept !
To Top