कागजपत्र र प्रेमलिला आजबाट एक्कैसाथ प्रदर्शन

admin
चैत ८, काठमाडौं ।  यो साता शुक्रबार प्रदर्शन अन्तर्गत दुई नेपाली फिल्म  ‘कागजपत्र’ र ‘प्रेमलीला  सार्वजनिक भएका छन् ‘।
‘कागजपत्र’लाई अपिल बिष्टले निर्देशन गरेका हुन्। फिल्ममा नाजिर हुसेन, शिल्पा मास्के, भोलाराज सापकोटा, सरिता गिरी, लोकेन्द्र लेखकको मुख्य अभिनय छ। फिल्म सामाजिक तथा कमेडी कथामा निर्माण गरिएको निर्देशक अपिल बताउँछन्। फिल्ममा बसन्त सापकोटा र संगीत सापकोटाको संगीत र निमेष श्रेष्ठको सम्पादन छ।
त्यस्तै प्रदर्शनमा आएको ‘प्रेमलीला’मा अन्तर्देशीय प्रेम कथा समेटिएको छ। फिल्ममा अभिनेत्री दीपशिखा खड्का र अभिनेता मौसम खड्का एवं अली खान, सुरज तमु, रेखा शाह, शर्मिला शर्मालयातको अभिनय छ।
एकसाथ प्रदर्शनमा आएका २ फिल्मको भिडन्त पक्का छ। बक्स अफिसमा कसले मार्ला बाजी त्यो त पछि नै थाह हुनेछ।
Girl in a jacket
Girl in a jacket
Girl in a jacket

#buttons=(Accept !) #days=(20)

हाम्रो वेबसाइटले तपाइँको अनुभव बृद्धि गर्न कुकीहरू प्रयोग गर्दछ. Learn More
Accept !
To Top