रेखा थापाले किनिन एनसिएल महिला टी-२० प्रतियोगिता’ का लागि क्रिकेट टिम

admin
c news nepal।
 आगामी वैशाख ७ देखि १४ गतेसम्म विराटनगर स्थित बैजनाथपुर रंगशालामा हुन लागेको ‘एनसिएल महिला टी-२० प्रतियोगिता’ का लागि अभिनेत्री रेखा थापाले क्रिकेट टिम किनेकी छन् । उनले उक्त प्रतियोगिताका लागि काठमाडौं सुपर च्याम्पियन्स टिम किनेकी हुन्।
राजधानीमा सोमबार पत्रकार सम्मेलन गर्दै नायिका थापाले यस्तो जानकारी दिइन् । उनले अब महिला खेलकुदका क्षेत्रमा पनि योगदान पुर्‍याउने उद्देश्यले क्रिकेटको मार्ग रोज्दै टिम खरिद गरेको बताइन् ।
आयोजकले नै रेखासमक्ष योगदानका लागि प्रस्ताव राखेको थियो। सोमबार सम्पन्न सोही कार्यक्रममा टी-२० लिगमा सहभागी हुने चार टिम, टिम मालिक र खेलाडीसमेत घोषणा गरिएको छ। प्रतियोगिताका लागि अब खेलाडी भित्र्याउनका लागि हुने अक्सनको मिति चाँडै घोषणा गर्ने आयोजकले जानकारी दिएको छ।
नेपालमा हुन लागेको यो पहिलो महिला फ्रेन्चाईज क्रिकेट लिग ‘एनसीएल वुमन्स टी-२० क्रिकेट लिग’को विजेताले १० लाख तथा उपविजेताले ५ लाख प्राप्त गर्नेछन्।
Girl in a jacket
Girl in a jacket
Girl in a jacket

#buttons=(Accept !) #days=(20)

हाम्रो वेबसाइटले तपाइँको अनुभव बृद्धि गर्न कुकीहरू प्रयोग गर्दछ. Learn More
Accept !
To Top