
पिआर चापागाईं\ सेलिब्रेटी न्युज नेपाल
चलचित्र ’क्याप्टेन’मा मेघास्टार अनमोल केसीसँग जोडी को रुपमा अभिनय गरेकी उपासना सिंह ठकुरीलाई एकपछि अर्को गर्दै नयाँ चलचित्रका लागि अफर आईरहेका छन्। चलचित्रको ट्रेलर सार्वजनिक भएदेखि नै नयाँ चलचित्रका लागि अफर आउने क्रम सुरु भएको थियो ! नायिका उपासनाका अनुसार अहिले सम्म ६७ चलचित्रका लागि अफर आईसकेको छ। यद्यपी कुनै पनि चलचित्रमा अनुबन्ध भने नभएको उनले बताईन्।
डेब्यु चलचित्र क्याप्टेनबाटै सर्वाधिक चर्चा कमाउन सफल ठकुरीले अध्ययन पनि संगै लैजानु पर्ने भएकाले तत्कालै नयाँ चलचित्रका लागि अनुबन्ध नभएको बताईन्। उनले विभिन्न चलचित्रको स्कृप्ट भने अध्ययन गरिरहेको बताईन्।
उनको जन्म सुदूरपश्चिमको पनि दुर्गम जिल्ला दार्चुलामा भएको थियो, हाल भने उनको परिवार तराईको जिल्ला कञ्चनपुर सदरमुकाम महेन्द्रनगर सरेको छ। बुवा नेपाली सेनामा जागिरे भएकाले उनी र उनका बुवा, आमा भने अहिले काठमाडौँ बस्दै आएका छन ,वुढानिलकण्ठमा बस्दै आएकी उपासना अहिले स्नातक तह प्रथम बर्षमा अध्ययनरत छिन्।