हुने भयो सल्मान को बिहे !

सेलिब्रेटी न्युज नेपाल


पछिल्लो समय बलिउडमा विवाहको लहर नै चलेको छ ! नोभेम्बरमा रणवीर सिंह र दीपिका पादुकोणको विवाह हुदैछ भने डिसेम्बरमा प्रियंका चोपडाले निक जोनससँग विवाह गर्दैछिन । एकपछि अर्को विवाहको खबर आइरहदा बलिउडका भाइजान सलमान खानको विवाहको चर्चा नहुने त कुरै भएन ।

पछिल्लो समय फिल्म भारतको छायाँकनमा व्यस्त सलमानको विवाहको चर्चा पनि बेलाबखतमा हुने गरेको पाइन्छ  । पछिल्लो समय उनि कट्रिना कैफसँग नजिक रहेका छन। बलिउडमा फिल्म ‘मैने प्यार क्यु किया’ मार्फत सलमानले नै कट्रिनालाई लन्च गरेका थिए । त्यसपछी यी दुईको प्रेमको चर्चा पनि केहि समय नचलेको होइन । तर कट्रिनाले आफुलाई रणवीर कपूरको प्रेमिकाको रुपमा सार्वजनिक गरेपछि सलमानसँग सम्बन्ध सकिएको थियो तर पछिल्लो समय उनि सलमानको नजिक छन् । उनीहरूले ‘टाइगर जिन्दा है’मा सहकार्य गरेका थिए ।
पछिल्लो समय एकसाथ समय बिताउन थालेका सलमान र कट्रिना फेरी प्रेममा त छैनन् ? यतिबेला बि-टाउनमा यस्तै यस्तै चर्चा चल्न थालेको छ । केहि भारतीय मिडियामा आएको खबरलाई आधार मान्ने हो भने सलमानले कट्रिनाको सहमति समेत पर्खिरहेका छन् । सलमानको विवाह सन् २०२० भित्रै हुनसक्ने भारतिए सञ्चार माध्यम हरु ले बताएका छन !


Girl in a jacket
Girl in a jacket
Girl in a jacket

#buttons=(Accept !) #days=(20)

हाम्रो वेबसाइटले तपाइँको अनुभव बृद्धि गर्न कुकीहरू प्रयोग गर्दछ. Learn More
Accept !
To Top