कति कमाइ हुँदै छ त ‘छक्का पन्जा ३’ र ‘जय भोले’ को

सेलिब्रेटी न्युज नेपाल/कार्तिक,१०
घटस्थापनाको दिनबाट र फुलपाती बाट प्रदर्शनमा आएका दुई चलचित्र ‘छक्का पन्जा ३’ र ‘जय भोले’ ले राम्रो व्यापार गरि रहेका छन् ।

दीपाश्री निरौला निर्देशित चलचित्र ‘छक्का पन्जा ३’ ले दुइ हप्तामा १३ करोड भन्दा बढीको व्यापार गरेको रिपोर्ट सार्बजनिक भैसकेको छ भने अशोक शर्मा निर्देशित चलचित्र ‘जय भोले’ ले एक हप्तामा ३ करोड भन्दा बढीको व्यापार गरेको रिपोर्ट सार्बजनिक भएको छ । अझै अबको एक हप्ता यी दुइ चलचित्रले हल न छाड्ने भए पछि दुवै चलचित्रको ब्यापारमा अझै प्लस हुने छ । अब आज बाट पनि सबै मल्टिप्लेक्स तथा सिंगलमा यी दुइ चलचित्रले नै निरन्तरता पाउने छन ।

 अर्को शुक्रबार अर्थात् कार्तिक १६ गते बाट भने दुइ चलचित्र प्रदर्शनमा आउने छन् । रेखा थापाको चलचित्र ‘मालिका’ र माधब वाग्लेको चलचित्र ‘चंगा चेट’ एक साथ प्रदर्शनमा आउने छन् ।
Girl in a jacket
Girl in a jacket
Girl in a jacket

#buttons=(Accept !) #days=(20)

हाम्रो वेबसाइटले तपाइँको अनुभव बृद्धि गर्न कुकीहरू प्रयोग गर्दछ. Learn More
Accept !
To Top