‘अगस्त्य’को ‘मायामा तिम्रै मायामा’ गीतमा रोमान्टिक सौगात र मलिका

भ्यालेन्टाइन डेको उपलक्ष्यमा फागुन १८ गते प्रदर्शनमा आउने चलचित्र ‘अगस्त्य’को रोमान्टिक गीत ‘मायामा तिम्रै मायामा’ सार्वजनिक भएको छ । एसडी योगी र विज्ञानी पराजुलीको स्वर रहेको उक्त गीतमा एसडी योगीले संगीत दिएका छन् भने सविन एकतारेले लेखेका छन् । म्युजिक भिडियोमा कलाकार सौगात मल्ल र मलिका महतले आफ्नो प्रेमकथालाई प्रस्तुत गरेका छन् ।



सौरभ चौधरीले निर्देशन गरेको चलचित्र ‘अगस्त्य’मा नाजिर हुसेन, निश्चल बस्नेत लगायतका कलाकारको अभिनय रहेको छ । फिल्मको टिजरले सकारात्मक प्रतिक्रिया पाएको छ र अब ट्रेलर फागुन १ ​​मा रिलिज गर्ने तयारी भइरहेको छ ।

<iframe width="720" height="406" src="https://www.youtube.com/embed/UfF5hwGW_zI" title="Mayama Timrai Mayama | AGASTYA Movie Official Song | Saugat Malla, Malika Mahat | SD Yogi, Bigyani" frameborder="0" allow="accelerometer; autoplay; clipboard-write; encrypted-media; gyroscope; picture-in-picture; web-share" allowfullscreen></iframe>

डार्क हर्स इन्टरटेनमेन्ट र सेभेन सीज इन्टरटेनमेन्टले फिल्म निर्माणका लागि साझेदारी गरेका छन् । चलचित्रका निर्माता प्रकाश मल्ल, अनिश तामाङ र विनोद पौडेल छन् भने कार्यकारी निर्मातामा विश्व गौचन र अभिषेक चौधरी रहेका छन् । चलचित्रमा छायाँकन संजय लामा, भिएफएक्स कलाकार मनोज श्रेष्ठ, कोरियोग्राफर कविराज गहतराज, पृष्ठभूमि संगीतमा सौरभ शर्मा र भास्कर स्वार र रंगकर्मी सुप्रीम पराजुलीको अभिनय रहेको छ ।


चलचित्र ‘अगस्त्य’ नेपाल र विश्वका विभिन्न देशमा एकै समयमा प्रिमियर हुनेछ । यो अमेरिका, बेलायत, क्यानडा, जापान, कोरिया, हङकङ, थाइल्याण्ड, युरोप, अष्ट्रेलिया, न्यूजील्याण्ड, र मध्य पूर्वमा उल्लेखनीय संख्यामा स्क्रिनिङमा देखाइने अपेक्षा गरिएको छ।

Girl in a jacket
Girl in a jacket
Girl in a jacket

#buttons=(Accept !) #days=(20)

हाम्रो वेबसाइटले तपाइँको अनुभव बृद्धि गर्न कुकीहरू प्रयोग गर्दछ. Learn More
Accept !
To Top