*सुहाना थापा: एक अद्भुत कलाकार, उत्कृष्ट निर्माता र मोडल*

Suhana Thapa

सुहाना थापा, एक प्रमुख नेपाली अभिनेत्री, माेडल, तथा निर्माता -नामले परिचित छिन्, नेपाली अभिनेत्री झरना थापा र चलचित्र निर्माता सुनिल कुमार थापाकाे छोरी को रूपमा जन्मिएकी सुहाना सानै देखि अभिनय मा रुचि राख्थिन । उनले चलचित्र 'ए मेरा हजुर 3' बाट नेपाली चलचित्र मा डेब्यू गरेकी हुन्- `ए मेरा हजुर ३' चलचित्र मा अनमोल केसीसँग सुहाना को अभिनय देख्न सकिन्छ

व्यक्तिगत जानकारी:
- नाम: सुहाना थापा
- प्राकृतिक नाम: सुहानी
- पेशा: अभिनेत्री, निर्माता
- बुवा: सुनिल थापा
- आमा: झरना थापा
- जन्म मिति: मे ८, १९९९
- जन्मस्थान: काठमाण्डौ
- राष्ट्रियता: नेपाली
- पहिलो चलचित्र: ए मेरा हजुर ३
- शिक्षा: बिस्वविद्यालयमा मार्केटिङका लागि स्नातक उपाधि
- कद: ५ फिट ३ इन्च
- प्रेरणा: चार्लिज थेरोन [किनकि उनलाई क्रियाशील चलचित्र मन पर्दछ]

सुहाना थापाको बाल्यकाल:
सुहाना थापा काठमाडौमा जन्मिएकी हुन्। उनी जन्मने बेला उनकी आमा झरना थापा नेपाली फिल्म क्षेत्रमा एकदमै प्रसिद्ध थिइन्। उनले आफ्नो शैक्षिक जीवन काठमाडौंमा बिद्यालयका आवासमा बिताएकी छिन्। आफ्नाे बुवा चलचित्र निर्माता र आमा अभिनेत्री हुनुका कारण, उनले एक चलचित्रिक वातावरणमा हुर्किए पनि उनले भन्छिन् कि "मैले आमाबुबा का पुरातन नेपाली चलचित्रहरूलाई कहिले हेरेकी छैन। म प्राय युवा लक्षित चलचित्रहरू हेरिरहेकी हुन्छु "।

सुहाना थापाको शिक्षा:
उनी काठमाडौंमा आफ्नो प्रारंभिक शिक्षा लिएकी थिइन्। एस.एल.सि परीक्षामा पास भएपछि, उनी उच्च शिक्षा प्राप्त गर्न भारत गएकी थिइन्। पछि उनले संयुक्त राज्य अमेरिका गएकी थिइन्। उनी संयुक्त राज्यमा बस्दै बिज्ञान विषयको का पढाइमा गरेकी हुन् ।

सुहाना थापाको चलचित्रकर्म:
उनको आमा झरना थापा द्वारा निर्देशित "ए मेरा हजुर 2" नामक चलचित्र 2019 मा ए मेरो हजुर को सिक्वेल 3 मा उनले नेपाली चलाचित्र मा डेब्यु गरेकी हुन् । त्यस्तै सिरिज 2022 मा ए मेरो हजूर 4 मा पनि अभिनय गरेकी थिइन्,ऐले उनी नयाँ चलचित्र भागवत गीता मा दर्शक माझ आउँदै छिन्।

उनलाई क्रियाशील शैलीका चलचित्रहरू मन पर्छ र उनले प्रमुख भूमिकामा पनि पूरा क्रियाशील चलचित्रमा अभिनय गर्नको लागि प्रेरित भएकी छन्।

तपाईंलाई यो जीवनी पढेर धेरै कुरा जान्ने मौका मिल्यो होला ,आगामी लेख हरू मा भेट्ने छौं अपडेट रहनु होला।

Girl in a jacket
Girl in a jacket
Girl in a jacket

#buttons=(Accept !) #days=(20)

हाम्रो वेबसाइटले तपाइँको अनुभव बृद्धि गर्न कुकीहरू प्रयोग गर्दछ. Learn More
Accept !
To Top