मनगढन्ते समाचार सम्प्रेषण गरी मानसिक पीडा दिएको भन्दै समिक्षा अधिकारीले दिइन् उजुरी

गायिका समिक्षा अधिकारीले केही सामाजिक सञ्जाल र वेबसाइटमा आफूबारे मनगढन्ते समाचार सम्प्रेषण गरी मानसिक पीडा दिएको भन्दै उजुरी दिएकी हुन्।
उनले लेखेकी छिन्–‘केही कागजपत्र मिलाउनुपर्ने भएका कारण अष्ट्रेलियाको भिसामा भएको ढिलाइको बिषयलाई लिएर सामाजिक संजालमा ‘मलाई अष्ट्रेलियाले ब्ल्याकलिष्टमा राखेको’ भनेर झुटो खबर फैलाइएकोमा त्यसको प्रतिवादस्वरुप केहि संजालहरु किटान गरि जिल्ला प्रहरी कार्यलय, कास्कीमा उजुरी दिएको छु ।’ उनले सत्यतथ्य थाहा पाएपछि सामाजिक सञ्जालमा प्रचारप्रसारका लागि कसैको जीवनमा ठट्टा गर्नु जघन्य अपराध भएको पनि स्पष्ट गरिन् । उनले जिल्ला प्रहरीमा परेको उजुरीमा तथ्यगत आधार नभएका र झुटा सामग्री पोष्ट गर्ने पृष्ठहरू विरुद्ध कानुनी कारबाही गर्न पनि आग्रह समेत गरेकी छिन् । केही दिनअघि केही फेसबुक पेजले समिक्षालाई अष्ट्रेलियाले कालोसूचीमा राखेको खबर पोस्ट गरेको थियो ।
Girl in a jacket
Girl in a jacket
Girl in a jacket

#buttons=(Accept !) #days=(20)

हाम्रो वेबसाइटले तपाइँको अनुभव बृद्धि गर्न कुकीहरू प्रयोग गर्दछ. Learn More
Accept !
To Top