नेपालीको माया देखेर विश्व चकित: श्रृंखलाको अग्रता कायमै, अझ धेरै भोटका लागि सक्दो सेयर गरौं !

Admin
काठमाडौं
अहिले नेपाल लगायत संसार भरिका देशहरुमा मिस वल्र्ड २०१८ प्रभाव राम्रै परेको देखिएको छ । संसारले भाग लिएको यस प्रतियोगितामा नेपाल पछि पर्ने कुरा भएन नेपालले पनि भाग लिएको छ । नेपालका तर्फबाट मिस वल्र्डमा पुर्व मिस नेपाल बिजेता श्रृंखला खतिवडाले भाग लिएकी छिन । उनको कला कौंशल क्षमता को अहिले संसार भर चर्चा भइरहेको छ । उमेरले अहिले मात्रैं २३ वर्ष पुगेकी खतिवडाको कुनैं पनि प्रश्नको उत्तर सहज तरिकाले दिने खुबी विशेष मानिएको छ । सानैं देखि पढाईमा अब्बल मानिएकी उनी नेपालको सबैंभन्दा चर्चित पुल्चोक इन्जिनेरिङ् क्याम्पसमा छात्रवृतिमा पढ्न सफल भएकी थिइन । उनी नेकपा नेता तथा सासंद विरोध खतिवडाकी छोरी हुन तर आफु नेताको छोरी हुँदा नहुँदा कुनैं फरक नपर्ने उनले बताउँदैं आएकी छिन । उनी आफ्नैं क्षमताले यहाँसम्म आएको भन्दैं नेताको छोरी भएकाले सफलता प्राप्त गर्न श्रंखलालाई सहज भयो भन्ने कुरा हरु सुन्दा आफुलाई नरमाइलो लाग्ने बताएकी छिन । उनी चलचित्र क्षेत्रमा भन्दा पनि दुर दराजका जनताको सेवामा लागेर समाजसेवा गर्न चाहेको बताउछीन । उनले मिस नेपाल विजेता भए पछि दिएको एक अन्तरवार्तामा यो पनि भनेकी छिन कि उनी नेपालको पहिलो महिला प्रधानमन्त्री बन्न चाहान्छिन । हाल चीनमा रहेकी खतिवडाको कौंशलता त्यहाँ पनि देखिएको छ । मिस वल्र्डमा हुने धेरैं टास्कहरुमध्य एक हेड टु हेड टास्क पनि एकदमैं महत्वपुर्ण हुन्छ । यसमा फरक फरक देशका ७ जना जति प्रतियोगीहरुलाई सँगैं राखेर प्रश्नत्तोर गर्ने गरिन्छ । यसमा एक जनालाई पाँच देखि सात वा त्यो भन्दा धेरैं प्रश्न गर्ने गरिन्छ । सबैंलाई प्रश्नकर्ताले उनीहरुको व्यक्तिगत, सामाजिक र देश अनि विश्वका बारेमा फरक फरक प्रश्न सोध्ने गर्छन । यस चरणमा पनि श्रंखलाले प्रश्नकर्ताको मन जित्न सफल भएकी छिन ।उनलाई धेरैं प्रश्न हरु सोधिएको थियो जसमा एउटा नेपालको बारेमा पनि थियो । उनलाई प्रश्नकर्ताले सोधे, “नेपालको सबैंभन्दा ठुलो समस्या के हो ? अनि यसको समाधान ?” यसको जवाफमा गम्भिर हुँदैं खतिवडाले भनिन,“नेपालको सबैंभन्दा ठुलो समस्या भनेको बेरोजगारी हो । यसलाई कम गर्नको लागि हामीले हाम्रो पर्यटन क्षेत्रको विकास गरेर देशमा रोजगारी सिर्जजा गर्न सक्छौं । किनभने नेपाल प्राकृतिक रुपमा धेरैं सुन्दर छ ।” उनको यो कुरा सुनेर प्रश्नकर्ताले मुस्कुराउँदैं “मलाई तपाईको जवाफ मन पर्यो नेपाल ।” भनेका छन । नेपालीहरुले विश्वसामु गएर नेपाललाई यसरी परिचीत गराउँदैं गर्दा मनमा हर्ष नभएका नेपालीहरु सायदैं होलान । देश विदेशमा रहेका नेपालीहरुको भरपुर सहयोगले श्रंखलाई जिताउन ठुलो सहयोग मिल्नेछ । किनभने अब अनलाईनबाट प्राप्त भोटका आधारमा उन को छनोट हुनेछ । प्राप्त जानकारी अनुसार उनी अहिले पहिलो स्थानमा छिन् । यसैले विश्वले नै भनिरहेको छ इन्टरनेटमा नेपालीहरुको सक्रियता देख्दा हामी चकित बन्यौँ । उनलाई निरन्तर अघि बढाउन नेपालीकै भूमीका जरुरी छ । किनकी अरु देशकापनि आ फ्नै प्रतिस्पर्धी छन् उनीहरु आफ्नै प्रतिस्पर्धी जिताउन लागिरहेका छन् ।
Girl in a jacket
Girl in a jacket
Girl in a jacket

#buttons=(Accept !) #days=(20)

हाम्रो वेबसाइटले तपाइँको अनुभव बृद्धि गर्न कुकीहरू प्रयोग गर्दछ. Learn More
Accept !
To Top