‘सक्किगोनि’ टिमले फिल्म ‘लाज शरणम्’ बनाउने

 निकै सफल कमेडी टेलिसिरियल टिम ‘सक्किगोनी’ आफ्नो आगामी प्रोजेक्ट ‘लाज शरणम’ लिएर फिल्म निर्माणमा लागेका छन् । वसन्त पञ्चमी पर्वको अवसर पारेर बुधबार थिम पोस्टर सार्वजनिक गर्दै उक्त घोषणा गरिएको हो । चलचित्रको शिर्षकले यो हास्यव्यङ्ग्य कथाको वरिपरि घुम्ने र फिल्मलाई २०८१ सालमा प्रदर्शनको योजना बनाइएको छ ।



पोस्टरमा ‘सक्किगोनी’ मा मुख्य भूमिकामा रहेका कुमार कट्टेल र अर्जुन घिमिरेले चलचित्र निर्देशन गर्ने बताइएको छ । कलाकारको बारेमा कुनै जानकारी दिइएको छैन। कुमार र अर्जुन मुख्य भूमिकामा रहने चर्चा छ भने सिरियलका अन्य कलाकार पनि फिल्मको हिस्सा हुने हल्ला चलिरहेको छ ।



Girl in a jacket
Girl in a jacket
Girl in a jacket

#buttons=(Accept !) #days=(20)

हाम्रो वेबसाइटले तपाइँको अनुभव बृद्धि गर्न कुकीहरू प्रयोग गर्दछ. Learn More
Accept !
To Top