उदय सुब्बाको निर्देशनमा बनेको चलचित्र ‘दुई कदम’ मंसिर २९ मा रिलिज हुने

उदय सुब्बाको निर्देशनमा बनेको चलचित्र ‘दुई कदम’ मंसिर २९ मा रिलिज हुने भएको सोमबार सार्वजनिक भएका दुई पोस्टरमा उल्लेख छ ।
चलचित्रको एउटा पोस्टरमा कलाकार इयोन लिम्बु र सिमोन गिरी छाता लिएर रोमान्टिक पोजमा देखिएका छन् । अर्को पोस्टरमा अभिनेता गौरव पहारी रिसाएर बन्दुक समातेको देखाइएको छ भने सिमोन गिरी डराएको देखिन्छ । अजम्बरी फिल्म्ससँग आवद्ध तारादेवी लिम्बुले फिल्मको लगानी गरेकी हुन् । चलचित्रमा गौरव, इयोन र साइमनसँगै सुनिल थापा, कविता आले, बुद्धि तामाङ, अर्जुन गुरुङ, विमला लिम्बु, जीवन लिम्बु, चन्द दाहाल, प्रितिका शर्मा लगायतका कलाकारको पनि अभिनय रहेको छ । साथै, एक गीतमा अभिनेता विल्सन विक्रम राईको विशेष उपस्थिति रहेको छ ।
म्युजिक भिडियोको छायांकन मुस्ताङको गाडीमा गरिएको छ भने बाँकी चलचित्रको छायांकन धनकुटा, वसन्तपुर, इलाम, झापा, धरानलगायतका विभिन्न स्थानमा गरिएको छ ।
Girl in a jacket
Girl in a jacket
Girl in a jacket

#buttons=(Accept !) #days=(20)

हाम्रो वेबसाइटले तपाइँको अनुभव बृद्धि गर्न कुकीहरू प्रयोग गर्दछ. Learn More
Accept !
To Top