प्रदीप खड्काको ‘क्यामिनो’मा आना शर्मा भित्रिइन्

 फिल्म ‘क्यामिनो’मा कलाकार बाहिरिने र भित्रिनेक्रम जारी छ । नायिका आना शर्मा फिल्ममा अनुबन्धित भएको खबर छ । निर्देशक दिपक वलीले आना फिल्ममा रहने पक्कापक्की जस्तै रहेको बताएका छन् ।


आनाले ‘क्यामिनो’ मा प्रदीपको अपोजिटमा अभिनय गर्नेछिन् । यसअघि नीति शाहले फिल्म छाडेपछि निर्माताले नयाँ नायिकाको खोजी थालेका थिए । जसमा अभिनेता दिलीप रायमाझीकी छोरी दिव्या र आनासँग कुराकानी भएको थियो । तर आनालाई लिने सहमति जुटेको निर्देशक वलीको भनाई छ । फिल्मबाट नायिका बर्षा सिवाकोटी समेत बाहिरिएकी छन् । निर्देशक वलीका अनुसार केही सातामा फिलिपिन्सबाट छायांकन सुरु हुनेछ । निर्माता र व्यानर हेरफेर हुँदा फिल्मको निर्माणमा ढिलाइ भएको हो । यो फिल्मको निर्माणमा नयाँ कम्पनी एवान क्रिएसन जोडिएको छ । अमृतमान वली नयाँ निर्माताको रुपमा भित्रिएका छन् ।

‘क्यामिनो’ हिंडेर अमेरिका जाने कथावस्तुमा निर्माण हुँदैछ । निर्माताले दक्षिण अमेरिकी मुलुकको सेटिङमा फिल्मलाई फिलिपिन्समा छायांकन गर्न लागेका हुन् । फिल्ममा प्रदीप र आनासँगै रविन्द्र झा, प्रवीण खतिवडा, भोलाराज सापकोटा र विदेशी अभिनेता कार्लोस लगायत छन् ।

Girl in a jacket
Girl in a jacket
Girl in a jacket

#buttons=(Accept !) #days=(20)

हाम्रो वेबसाइटले तपाइँको अनुभव बृद्धि गर्न कुकीहरू प्रयोग गर्दछ. Learn More
Accept !
To Top